नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त
२०८२ कार्त्तिक ०४ मङ्गलवार
- मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो ।
काठमाडौं : अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीको सन् २०२३ अक्टुबरमा हमासले गरेको आक्रमणका क्रममा मृत्यु भएकोमा नेपाली कांग्रेसले समावेदनासहित श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मंगलबार विपिनको महाकाली नदीको भुजेलाघाटमा पार्थिव शरीरलाई राष्ट्रिय सम्मानसहित आज अत्येष्ठी गरिएको छ । यससँगै नोपली कांग्रेसले विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विपिन जोशीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै भने, ‘सन् २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाई हुनेछ भन्ने कुरामा नेपाल र नेपाली जनताको ठूलो आशा र विश्वास थियो । तर त्यसको विपरीत गत असोज २७ गते इजरायली अधिकारीहरूले उहाँको मृत्युको पुष्टि गरेपछि उहाँको पार्थिव शरीरलाई नेपाल ल्याई अन्त्येष्ठी गरिएको छ । अहिले सिङ्गो मुलुक शोकमा डुबेको छ । दुःखको यस घडीमा विपिन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्ष अघि अध्ययनका लागि इजरायल पुगेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।